नियम १७क
श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्न सकिने
(१) ऐनको दफा १९ बमोजिम कुनै कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाइसके पछि त्यस्तो कामदार वैदेशिक रोजगारीमा नजाने भई इजाजतपत्रवालालाई लिखित जानकारी गराएमा इजाजतपत्रवालाले त्यस्तो कामदारको श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्न सक्कल राहदानी सहित विभाग समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन उपर आवश्यक छानविन गर्दा व्यहोरा सही भएमा विभागले कामदारको राहदानीमा लगाई दिएको श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम श्रम स्वीकृतिको निस्सा (स्टिकर) रद्द गरेकोमा विभागले त्यस्तो स्थानमा छनौट भएको अर्को कामदारलाई वैदेशिक रोजगारमा पठाउनत्यस्तो कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाई दिन सक्नेछ ।